लेख विवरण

भारतमा नेपाललाई आठ स्वर्ण

भारतमा नेपाललाई आठ स्वर्ण

काठमाडौंँ । नेपाली खेलाडीले दोश्रो अन्तर्राष्ट्रिय खुला फुल कन्ट्याक्ट क्योकुसिन कराते प्रतियोतिगामा ८ स्वर्ण जितेका छन् ।

भारतको आसाममा भएको प्रतियोगिताको पुरुषमा गणेशप्रसाद चौधरी, दिनेश भान, होमबहादुर राई, आशिष तामाङ र सुशान्त तामाङले स्वर्ण जिते । महिलामा अनिशा तामाङ, सिवानी आले मगर र दिक्षा महराले स्वर्ण हात पारे ।

पुरुषमा सरोज श्रेष्ठ, विवेक नेपाली र पूर्ण गुरुङ तथा महिलामा निसु तामाङले रजत प्राप्त गरे । पुरुषमा बाबुकृष्ण महर्जन, आशुतोष जैसवाल, केशव विक, साजन नेपाली र विवेक बर्देवा तथा महिलामा साक्षी ढकाल र अञ्जना बुढाथोकीले कांस्य पाए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.