प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनीलाई १ सय ८५ रनको लक्ष्य
भैरहवा । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णालीले लुम्बिनी प्रदेशलाई १ सय ८५ रनको लक्ष्य दिएको छ । भैरहवा स्थित सिद्धार्थ रंगशाला क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ४५ ओभरको खेलमा ९ विकेट गुमाउदै १ सय ८४ रन बनायो ।
टोलीका लागि दिनेश अधिकारीले ५९ बलमा अविजित ५६ रन बनाए । यस क्रममा उनले ६ चौंका र २ छक्का प्रहार गरे । त्यस्तै दिपेन्द्र रावत (४७), हिमान्शु शाही (२५) र रविन्द्र शाहीले (११) रन बनाए ।
लुम्बिनीका लागि बलिङमा निर्मल गुरुङ र अभिषेक गौतमले ३-३ विकेट लिए । एमडी हुसेन, कृष्ण कार्की र अजय चौहानले १-१ सफलता हात पारे ।

टिप्पणी लेख्नुहोस्