प्रधानमन्त्री कप क्रिकेट : आर्मीमाथी बागमतीको जित
काठमाडौंँ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बिभागिय टोली नेपाली आर्मीविरुद्ध बागमती प्रदेशले ३ विकेटको जित निकालेको छ । मुलपानी मैदानमा सम्पन्न खेलमा आर्मीले दिएको ९८ रनको समान्य लक्ष्य बागमतीले २२.१ ओभरमा ७ विकेट गुमाउदै पुरा गर्यो । टोलीको जितमा प्रतिश जिसीले अविजित २१ रनको योगदान दिए । त्यस्तै अशोक पौडेलले (२१) रन बनाउदा इशान पाण्डे र रविन जोशीले १२-१२ रन बनाए । बिपिन आचार्यले १० रनको योगदान दिए ।
आर्मीका लागि बलिङमा सोमपाल कामीले ३ तथा शाहब आलम र जितेन्द्र मुखियाले समान २-२ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको आर्मी २७.१ ओभरमा अलआउट हुदै ९७ रन मात्र बनाएको थियो । बागमतीका सुर्य तामाङले ५ विकेट लिएपछि आर्मीको ब्याटिंग लाइन धारासायी भएको थियो ।
बागमती प्रदेशका बलर प्रतिष जिसी र रिजन ढकालले २-२ विकेट लिए भने क्रिजन गुरुङले एक विकेट लिएका थिए ।
आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्बाधिक २८ रन बनाए भने भिम सार्कीले १८ तथा विवेक यादवले ११ रन बनाएका थिए ।

टिप्पणी लेख्नुहोस्