लेख विवरण

अन्तरप्रदेशस्तरीय महिला टि-२० क्रिकेट प्रतियोगिताको खेलतालिका सार्वजनिक

अन्तरप्रदेशस्तरीय महिला टि-२० क्रिकेट प्रतियोगिताको खेलतालिका सार्वजनिक

चितवन । समाजसेवी मैयादेवी श्रेष्ठको प्रथम पुण्य स्मृतिमा हुने अन्तरप्रदेशस्तरीय महिला टि-२० क्रिकेट प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ । नेपाल लोकतान्त्रिक खेलकुद सङ्घको आयोजनामा हुन लागेको प्रतियोगितामा सात प्रदेशका यू-१९ महिला टोलीले सहभागिता जनाउने भएका छन् ।

प्रतियोगिता यही माघ १२ देखी १९ गतेसम्म चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने भएको छ । प्रतियोगितामा सातवटा प्रदेशका एक/एक वटा समूहको सहभागिता रहने छ । सो प्रतियोगितामा १९ वर्षमुनिका एक सयभन्दा बढी महिला खेलाडीले सहभागिता जनाउने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा प्रथम हुने टोलीले रु एक लाख ७९ हजार सात सय पाँच र द्वितीय हुनेले रु ९५ हजार सात सय पाँच प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्न रु ५० लाख खर्च हुने अनुमान गरिएको छ । नेपाल क्रिकेट सङ्घको समन्वयमा वार्षिक कार्यतालिकामै राखेर सो प्रतियोगिता गरिने आयोजकको भनाइ छ ।

आज सार्वजनिक गरिएको तालिका अनुसार प्रतियोगिताको पहिलो खेल माघ १२ मा गण्डकी र सुदुरपश्चिम प्रदेश एक आपसमा भिड्ने भएका छन । प्रतियोगिताको समुह ए मा गण्डकी, सुदुरपश्चिम, कोशी र मधेश प्रदेश रहेका छन् भने समुह बी मा कर्णाली, बागमती र लुम्बिनी प्रदेश रहेका छन् । 

खेलतालिका :

मिती पहिलो खेल (बिहान ९ः३० बजे) दोस्रो खेल (दिउँसो १ः३० बजे)
माघ १२ गते गण्डकी प्रदेश विरुद्ध सुदुरपश्चिम प्रदेश  
माघ १३ गते कोशी प्रदेश विरुद्ध गण्डकी प्रदेश सुदुरपश्चिम प्रदेश विरुद्ध मधेश प्रदेश
माघ १४ गते कर्णाली प्रदेश विरुद्ध बागमती प्रदेश मधेश प्रदेश विरुद्ध कोशी
माघ १५ गते  कोशी प्रदेश विरुद्ध सुदुरपश्चिम प्रदेश बागमती प्रदेश विरुद्ध लुम्बिनी प्रदेश
माघ १६ गते  गण्डकी प्रदेश विरुद्ध मधेश प्रदेश लुम्बिनी प्रदेश विरुद्ध कर्णाली प्रदेश
माघ १७ गते पहिलो सेमिफाइनल (समुह ए विजेता विरुद्ध समुह बी उपविजेता) दोस्रो सेमिफाइनल (समुह बी विजेता विरुद्ध समुह ए उपविजेता)
माघ १८ गते  रेस्ट डे  
माघ १९ गते  फाइनल  

 

 

अन्तरप्रदेशस्तरीय महिला टि-२० क्रिकेट प्रतियोगिताको खेलतालिका सार्वजनिक

प्रतियोगिताको खेलतालिका

टिप्पणी लेख्नुहोस्

Please Login to comment.