एशियन कप फुटबल : कतारले ताजिकिस्तानलाई १-० ले हरायो
काठमाडौंँ । कतारमा जारी एशियन कप फुटबलमा आयोजकले ताजिकिस्तानलाई पराजित गरेको छ । समुह ए अन्तर्गतको बुधबार सम्पन्न खेलमा कतारले ताजिकिस्तानलाई १-० ले पराजित गरेको हो । टोलीका लागि एकमात्र गोल अकरम अफिफले खेलको १७ औं मिनेटमा गरे ।
जारी प्रतियोगितामा कतारको यो दोस्रो जित हो । यसअघि टोलीले लेवनानलाई ३-० ले पराजित गरेको थियो भने जोर्डनसँग १-२ ले पराजित भएको थियो । जितसँगै कतार ६ अंक सहित समुह ए को शिर्ष स्थानमा उक्लिएको छ । अब समुह चरणको अन्तिम खेलमा कतारले आगामी सोमबार चिनको सामना गर्नेछ ।
समुह चरणको पहिलो खेल चिनसँग बराबरी खेलेको ताजिकिस्तानले अब तेस्रो खेलमा लेवनानको सामना गर्नेछ ।

टिप्पणी लेख्नुहोस्