लेख विवरण

वेस्ट इन्डिजका शमार जोसेफले गरे ८५ वर्ष पुरानो कीर्तिमान बराबरी

वेस्ट इन्डिजका शमार जोसेफले गरे ८५ वर्ष पुरानो कीर्तिमान बराबरी

काठमाडौंँ । वेस्ट इन्डिजका तीव्र गति बलर शमार जोसेफले अस्ट्रेलियाविरुद्धको टेस्टमा डेब्यु गरेका छन् । डेब्यु खेलको पहिलो बलमै उनले अस्ट्रेलियामा स्टिभ स्मिथलाई आउट गरे । यसरी शानदार शैलीमा शमारले आफ्नो टेस्ट करियरको सुरुवात गरे । यो सँगै उनले करिब ८५ वर्ष पुरानो कीर्तिमान बराबरी गरेका छन् । यसअघि सन् १९३९ मा वेस्ट इन्डिजका ट्रेल जोन्सनले आफ्नो डेब्यु टेस्टको पहिलो बलमा विकेट लिएका थिए ।

वेस्ट इन्डिजका टेरेल जोन्सनले सन् १९३९ मा इंग्ल्याण्डविरुद्धको टेस्टको पहिलो बलमा विकेट लिएका थिए । उनले इंग्ल्याण्डविरुद्ध यो उपलब्धि हासिल गरेका थिए । तर, अब शमारले आफ्ना स्वदेशी खेलाडी टेरेल जोन्सनको करिब ८५ वर्ष पुरानो कीर्तिमान बराबरी गरेका छन् । यस बाहेक उनी टेस्ट इतिहासमा खेलको पहिलो बलमा विकेट लिने २३ औं बलर बनेका छन् ।

अष्ट्रेलिया–वेस्ट इन्डिजबीच जारी टेस्टको कुरा गर्दा एडिलेडको मैदानमा दुवै टोली आमनेसामने छन् । वेस्ट इन्डिजको पहिलो इनिङ १८८ रनमा समेटिएको थियो । जसको जवाफमा दिनको खेल सकिँदासम्म अस्ट्रेलियाको स्कोर २ विकेटमा ५९ रन रहेको छ । अस्ट्रेलियाका लागि उस्मान ख्वाजा र क्यामरुन ग्रीन खेलिरहेका छन् । अहिलेसम्म वेस्ट इन्डिजका लागि शमर जोसेफले दुवै सफलता हात पारेका छन् । पहिलो इनिङ्सको आधारमा अस्ट्रेलिया अहिले वेस्ट इन्डिजभन्दा १२९ रनले पछाडि छ ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.