आइसीसी यू-१९ विश्वकप : चोटका कारण न्यूजिल्याण्डका रहमान हेकमत टोली बाहिर
काठमाडौंँ । आइसिसी यू–१९ पुरुष क्रिकेट विश्वकप २०२४ को इभेन्ट टेक्निकल कमिटीले रहमान हेकमतको ठाँउम रोबी फोल्क्सलाई न्युजिल्याण्डको टोलीमा समावेश गरेको छ ।
प्रशिक्षणका क्रममा जोर्नीमा लागेको चोटका कारण हेकमत मैदानबाट बाहिरिएपछि अलराउन्डर फोल्क्सलाई प्रतिस्थापनका रुपमा टोलीमा समावेश गरिएको हो ।
खेलाडी प्रतिस्थापनका लागि आधिकारिक रूपमा इभेन्ट टेक्निकल कमिटीको अनुमोदन आवश्यक पर्दछ।
आइसिसी यू–१९ पुरुष क्रिकेट विश्वकप २०२४ को इभेन्ट टेक्निकल कमिटीमा वासिम खान (आइसिसी क्रिकेटका महाप्रबन्धक तथा इटिसीका अध्यक्ष), वानेले मङ्गोमेजुलु (आयोजक तथा प्रतियोगिता निर्देशक), सारा एडगर (आईबीसी प्रतिनिधि) र स्यामुएल बद्री (स्वतन्त्र प्रतिनिधि) रहेका छन् ।
आइसिसी यू–१९ पुरुष क्रिकेट विश्वकप भोली अर्थात जनवरी १९ बाट सुरु हुँदैछ । प्रतियोगितमा नेपाल रहेको समुह डी मा न्यूजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान रहेको छ ।
प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल जनवरीमा २१ मा न्यूजिल्याण्ड विरुद्ध खेल्ने छ । त्यस्तै जनवरी २४ मा पाकिस्तान र २७ मा अफगानिस्तान विरुद्ध खेल्ने छ ।
आइसिसी यू–१९ विश्वकपका लागि नेपाली टोली : देव खनाल (कप्तान) बिपिन रावल, दिपेश कँडेल, आकाश चन्द, विशाल बिक्रम केसी, तिलक भण्डारी, दिपक बोहरा, दिपक डुम्रे, अर्जुन कुमाल, हेमन्त धामी, गुल्शन झा, उत्तम थापा मगर, आकाश त्रिपाठी, दुर्गेश गुप्ता, सुवाष भण्डारी र दिपक बोहरा ।

टिप्पणी लेख्नुहोस्