लेख विवरण

भारतसँगको शृंखला गुमाए पनि किन खुसी छन् अफगानिस्तानका कप्तान ?

भारतसँगको शृंखला गुमाए पनि किन खुसी छन् अफगानिस्तानका कप्तान ?

काठमाडौंँ । भारतविरुद्धको टी–२० सिरिजमा अफगानिस्तान ३–० ले पराजित भएको छ । अफगानिस्तानले हार बेहोरे पनि शृंखलाभर राम्रो प्रदर्शन गर्यो । टोलीका कप्तान इब्राहिम जादरान पनि यसबाट खुसी छन् । अफगानिस्तानले तेस्रो टी–२० खेलमा भारतलाई सहजै जित्न दिएन । खेल बराबरीमा टुंगिएको थियो भने त्यसपछि सुपर ओभर पनि बराबरीमा सकिएको थियो । दोस्रो सुपर ओभरमा भारत विजयी भएको थियो ।

खेलपछि जादरानले हारपछि पनि आफू खुसी भएको बताए । "हामी हाम्रो प्रदर्शनबाट समग्र रुपमा खुसी छौं । हामीले राम्रो क्रिकेट खेल्यौ। तर सुपर ओभरमा पराजित हुनु दुर्भाग्यपूर्ण रह्यो । हामीले यो सिरिजबाट धेरै कुरा सिक्ने मौका पायौं र यो हाम्रो लागि धेरै सकारात्मक रह्यो । यहाँको हाम्रो अनुभव टी–२० विश्वकपमा उपयोगी हुनेछ । पछिल्ला तीन खेलमा हाम्रा खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन् ।"

पहिलो सुपर ओभरमा अफगानिस्तानले एक विकेट गुमाएर १६ रन बनाएको थियो । जवाफमा भारतले पनि १६ रन बनायो । त्यसपछि दोस्रो सुपर ओभरमा भारतले १ विकेट गुमाएर ११ रन बनाएको थियो । जवाफमा अफगानिस्तानले १ रन मात्र बनाउन सक्यो । उसले दुई विकेट पनि गुमाएको थियो । यसरी बेंगलोरमा भारतले रोमाञ्चक जित दर्ता गरेको थियो ।

अफगानिस्तानका लागि गुलबदीन नाइबले सर्वाधिक रन बनाए । उनले दुई इनिङमा १ सय १२ रन बनाएका थिए । मोहम्मद नाबीले तीन खेलमा ९० रन बनाए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.