लेख विवरण

क्रिकेटका लागि सेक्युरिटी गार्डको जागिर छाडेका यी खेलाडीले डेब्यु खेलमै लिए ५ विकेट

क्रिकेटका लागि सेक्युरिटी गार्डको जागिर छाडेका यी खेलाडीले डेब्यु खेलमै लिए ५ विकेट

काठमाडौं । अष्ट्रेलिया र वेस्ट इन्डिजबीच टेष्ट सिरिजको पहिलो खेल एडिलेडमा जारी छ । खेलमा वेस्ट इन्डिजको टोली पहिलो इनिङ्समा १८८ रनमा सीमित भएको थियो । जवाफमा अस्ट्रेलियाले पहिलो इनिङ्समा अलआउट नभएसम्म २८३ रन बनाएको छ । वेस्ट इन्डिजका लागि शमार जोसेफले घातक बलिङ गर्दै ५ विकेट लिएका छन् । जोसेफको जीवन कथा निकै रोचक छ। रिपोर्टका अनुसार उनी एक वर्षअघिसम्म सेक्युरिटी गार्डको रुपमा कार्यरत थिए ।

पहिलो इनिङ्समा जोसेफले उत्कृष्ट बलिङ गरेका थिए । उनले २० ओभरमा ९४ रन दिएर ५ विकेट लिए । जोसेफले २ मेडन ओभर पनि फाले । चाखलाग्दो कुरा के छ भने उनले डेब्यु टेस्ट खेल्दैछन् । जोसेफले यसअघि घरेलु क्रिकेट खेलिसकेका छन् र त्याहाँ पनि उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले प्रथम श्रेणी खेलको १० इनिङ्समा २१ विकेट लिएका छन् । यस अवधिमा ४१ रनमा ५ विकेट उनको इनिङ्सको उत्कृष्ट प्रदर्शन हो । जोसेफले लिस्ट ए मा २ विकेट लिएका छन् ।

जोसेफ क्रिकेटमा निकै समर्पित छन् । क्रिकबजको रिपोर्ट अनुसार जोसेफले एक वर्षअघिसम्म सुरक्षा गार्डको रूपमा काम गरेको बताए । तर क्रिकेट खेल्न उनले त्यो काम छाडिदिएँ । उनले भने, ‘म एउटा कम्पनीमा सेक्युरिटी गार्डको काम गर्दै थिएँ । त्यहाँ १२ घण्टा लामो शिफ्ट हुन्थ्यो। यो दिनदेखि रातसम्म जारी रहन्थ्यो। यस्तो अवस्थामा क्रिकेट खेल्न सकिँदैन । त्यही भएर मैले जागिर छोडे ।

जोसेफले वेस्ट इन्डिजका लागि पहिलो इनिङ्समा राम्रो ब्याटिङ पनि गरे । उनले ४१ बलमा ३६ रन बनाए । जोसेफको यो पारीमा ३ चौका र १ छक्का सामेल थियो ।

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.