प्रधानमन्त्री कप क्रिकेट : रुपेश सिंहको शानदार प्रदर्शनमा मधेश प्रदेशले एपिएफलाई हरायो
काठमाडौं । अलराउन्डर रुपेश सिंहले बलिङ र ब्याटिङमा शानदार प्रदर्शन गर्दा मधेश प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा बिभागिय टोली एपिएफलाई ५ विकेटले पराजित गरेको छ । टियु अन्तराष्ट्रिय क्रिकेट मैदानमा एपिएफले दिएको २ सय ४७ रनको लक्ष्य मधेशले ४८ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो ।
मधेशको जितमा छैठौं नम्बरमा ब्याटिङ गर्न आएका रुपेश सिंहले ७२ रनको अविजित पारी खेले । ७२ बलको सामना गरेका सिंहले ४ चौंका र ३ छक्का प्रहार गरे । त्यस्तै पवन सर्राफले पनि अर्धसतकीय पारी खेल्दै ६४ रन बनाए । ६६ बलको सामना गरेका पवनले ४ चौंका र ५ छक्का प्रहार गरे । निरज यादवले ७० बलमा ५२ रनको अर्धसतकीय पारी खेले । अनिल साहले २९ रन बनाउदा अभिषेक तिवारी १० बलमा १ चौंका सहित १३ रन बनाउदै अविजित रहे ।
एपिएफका लागि बलिङमा रमेश कुर्मी र रोहित पौडेलले २-२ विकेट लिए । मौसम ढकालले १ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको एपिएफले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउदै २ सय ४६ रन बनाएको थियो । टोलीका ओपनर आशिफ शेख र कप्तान रोहित पौडेलले अर्धसतकीय पारी खेले । आशिफले ६९ बलको सामना गर्ने क्रममा ५ चौंका र ३ छक्काको मद्दतमा ५९ रन प्रहार गरे । त्यस्तै रोहितले ७४ बलको सामना गर्ने क्रममा ५ चौंका र २ छक्काको मद्दतमा ५८ रन बनाए । सन्दीप जोरा (२०) रन बनाउदा अमर रौटेला ४९ रनमा अविजित रहे । ५७ बलको समाना गर्ने क्रममा रौटेलाले २ चौंका र ३ छक्का प्रहार गरेका थिए ।
मधेश प्रदेशका लागि बलिङमा रुपेश सिंह र प्रदिप पासवानले ३-३ विकेट लिए । त्यस्तै रंजित कुमारले २ तथा अरनिको यादवले १ विकेट लिए ।

टिप्पणी लेख्नुहोस्