लेख विवरण

धर्म महर्जनले मुम्बइ म्याराथनमा दौड्ने

धर्म महर्जनले मुम्बइ म्याराथनमा दौड्ने

काठमाडौं । भेट्रान धावक धर्म महर्जनले टाटा मुम्बइ म्याराथनमा दौड्ने भएका छन् । जनवरी २१ तारिखमा हुने म्याराथन (४२.१९५ किलोमिटर) मा सहभागी हुन धर्म शुक्रबार भारतको मुम्बइ प्रस्थान गर्दै छन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले धर्मलाई सफलताका लागि शुभकामना दिदै बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे । धर्मले ५० वर्षमाथिको उमेरसमूहमा प्रतिस्पर्धा गर्ने छन् ।

त्रिशक्ति सिमेन्टका मार्केटिङ म्यानेजर किशन चरणले धर्मलाई तत्काल आंशिक प्रायोजन गरेको बताउदै राम्रो नतिजा हासिल गरे थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

धर्मले विश्वका प्रसिद्ध बोस्टन, बर्लिन, लन्डन र टोकियो म्यारथानमा सहभागिता जनाइसकेका छन् । त्यस बाहेक धर्मले विभिन्न दूरीको अन्तर्राष्ट्रिय दौडमा पनि सहभागिता जनाइसकेका छन् । धर्म जापानको किताकामीमा सन् २०१४ मा भएको १८ औं एसियाली मास्टर्स एथलेटिक्सको १० हजार मिटर दौडका कांस्य विजेता हुन् ।

 
धर्म महर्जनले मुम्बइ म्याराथनमा दौड्ने

टाटा मुम्बइ म्याराथनमा सहभागी हुने धर्म महर्जन ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.