लेख विवरण

साफ यू-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

साफ यू-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशमा हुने साफ यू-१९ च्याम्पियनसिप २०२४ का लागि नेपालको यू-१९ राष्ट्रिय महिला फुटबल टिमको घोषणा गरेको छ । प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटान खेल्दै छन् । 

फेब्रुअरी २ देखि ८ सम्म हुने साफ च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेल आयोजक बंगलादेशसँग फेब्रुअरी २ मा खेल्नेछ। त्यस्तै फेब्रुअरी ४ मा भुटानसँग खेल्ने छ भने फेब्रुअरी ६ मा भारतसँग खेल्ने छ । यस पछि शिर्ष दुई टिमले फेब्रुअरी ८ मा फाइनल खेल्ने छन् । 

नेपाली टोली :

गोलकिपर : सुजाता तामाङ, करुणा बुढाथोकी र लीला जोशी । 
डिफेन्डर : दिव्या मगर, सीता रोकाया, रोजिता विष्ट, सरिता कुमारी नाथ, गंगा रोकाया, सिमरन राई र माया मास्के । 
मिडफिल्डर : ब्रिसाना चौधरी, झुमा विश्वकर्मा, सारा बज्राचार्य, सुशीला केसी, भावना परियार र पुनम चेम्जोङ । 
फरवार्ड : सेनु परियार, सुक्रिया मिया, वर्षा ओली, लिला चन्द, पूर्णिमा राई, समीक्षा मगर र सजिना स्याङ्तान । 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.