राष्ट्रपति रनिङ शिल्ड : प्रवीण र सुरुचीलाई स्वर्ण
काठमाडौंँ । महालक्ष्मी नगरपालिकाका प्रवीण राना मगर र ललिपतुर महानगरपालिकाकी सुरुची मोक्तानले चौधौं ललितपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डअन्तर्गत एथलेटिक्सको १ सय मिटर दौडमा बिहीबार स्वर्ण जितेका छन् । प्रवीण छात्र तथा सुरुची छात्रामा पहिलो भएका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको ४ सय मिटर दौडको छात्रमा गोदावरी नगरपालिकाका सौरभ ढकाल र छात्रामा ललितपुरकी कल्पना निरौला, १ हजार ५ सय मिटर दौडको छात्रमा ललितपुरका निराजन जैशी र छात्रामा ललितपुरकी सहारा वाइबा तथा ज्याभ्लिन थ्रोको छात्रमा ललितपुरका समिर तामाङ र छात्रामा गोदावरीकी छिरिङ मेतोक्स गुरुङले पहिलो स्थान हात पारे ।
ललितपुर जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिताको त्रिपलजम्पतर्फ छात्रमा ललितपुरका सुवास कुमाल र छात्रामा ललितपुरकी मानवी ज्ञवालीले स्वर्ण जिते । ४ गुणा १ सय मिटर रिलेको छात्रमा गोदावरी तथा छात्रामा ललितपुर पहिलो बने ।

टिप्पणी लेख्नुहोस्