लेख विवरण

सातौं ओप्स खेलकुद : लालीगुराँस सेमिफाइनलमा

सातौं ओप्स खेलकुद : लालीगुराँस सेमिफाइनलमा

काठमाडौंँ । लालीगुराँस नेसनल एकेडेमी सातौं ओप्स खेलकुद महोत्सवअन्तर्गत ब्वाइज बास्केटबलमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) द्वारा आयोजित प्रतियोगितामा लालीगुराँसले विभूतिलाई ३१–१४ ले पराजित गर्दै सेमिफाइनल पुग्ने पहिलो टोली बन्यो । लालीगुराँसका सुजन मगरले ८ अंक जोडे ।

डाँडागाउँस्थित हिमरश्मि स्कुलको कोर्टमा भइरहेको प्रतियोगिताको ब्वाइजमै पुष्पकुञ्ज, सेब, हिमरश्मि, एन्जल्स हार्ट, न्युटन र प्रगतिले क्वाटरफाइनल यात्रा तय गरे ।

प्रतियोगिताको प्याब्सनका केन्द्रीय उपाध्यक्ष थकिनकुमार गुरुङले एक कार्यक्रमबीच उद्घाटन गरे । ब्वाइजमा १३ तथा गर्ल्समा १० टिमको सहभागिता रहेको ओप्सका अध्यक्ष लोकेन्द्रबहादुर खड्काले जनाएका छन् ।

महोत्सवमा विभिन्न ५ खेल फुटबल, बास्केटबल, ब्याडमिन्टन, टेबलटेनिस र एथलेटिक्स समावेश छन् । महोत्सवको औपचारिक उद्घाटन भने आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

 
सातौं ओप्स खेलकुद : लालीगुराँस सेमिफाइनलमा

ओप्स खेलकुद महोत्सवअन्तर्गत बास्केटबलको उद्घाटन क्रममा निर्णायकलाई बल हस्तान्तरण गरिदै ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.