लेख विवरण

बुटवल उपमहानगरपालिकाको आयोजनामा राष्ट्रपति रनिङ शिल्ड सुरु

बुटवल । बुटवल उपमहानगरपालिकाको आयोजनामा आजदेखि यहाँ पाँचौंँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०८० सुरु भएको छ । प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे । तीन दिनसम्म चल्ने प्रतियोगितामा १७ विधाका ५४ खेलमा एक हजार चार सय २२ विद्यार्थीले भाग लिने नगर खेलकुद विकास समितिका अध्यक्ष बोनिन पियाले जानकारी दिए ।

प्रतियोगितामा १८ वर्षभन्दा मुनिका विद्यार्थीले भाग लिएको र सबै खेलाडीको बीमा गरिएको उनले बताए । प्रतियोगितामा प्रथम हुनेलाई रु २५ हजार, द्वितीय हुनेलाई रु १७ हजार पाँच सय र तृतीयलाई रु १० हजार पुरस्कारको समेत व्यवस्था गरिएको संयोजक पियाले बताए ।

प्रतियोगिताको उद्घाटन गर्दै उपमहानगरपालिकाका प्रमुख पाण्डेयले बुटवलबाट राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न योग्य खेलाडी उत्पादनमा नगरले पर्याप्त लगानी गर्ने बताए । उनले विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्न सकेमा मात्रै खेल क्षेत्रको प्रगति हुनसक्ने र खेलबाटै जीविकोपार्जन गर्नसक्ने गरी जनशक्ति उत्पादन हुने बताए ।

बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले खेलक्षेत्रको माध्यमबाट विद्यार्थीको प्रतिभा पहिचान गर्ने र सोही अनुसारको वातावरण तयार गर्ने काममा नगरले पर्याप्त चासो र लगानी गरेको बताए ।

प्रतियोगितामा फिल्ड हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटपुट, रिले दौड, भलिबल, कबड्डी, तेक्वान्दोलगायतका खेल हुनेछन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.