लेख विवरण

उज्बेकिस्तानसँग ३–० ले पराजित हुँदै भारत एसियन कपबाट बाहिरियो

उज्बेकिस्तानसँग ३–० ले पराजित हुँदै भारत एसियन कपबाट बाहिरियो

काठमाडौं । उज्बेकिस्तानसँग ३–० गोलअन्तरले पराजित हुँदै भारतीय फुटबल टोली एएफसी एसियन कप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ ।

कतारको अहमद बिन अली स्टेडियममा भएको खेलमा उज्बेकिस्तानले चौथो, १८ औं र ४५ औं मिनेटमा गोल गरेको थियो । खेलको ४५ औं मिनेटमा शेरजोद नास्रुलेभ, १८ औं मिनेटमा इगोर सर्गेभ र चौथो मिनेटमा अबोसबाख फैजुल्लाएभले गोल गरेका थिए ।

भारत अंक तालिकाको पुछारमा रहेको छ । शिर्ष स्थानमा रहेको अष्ट्रेलिया ६ अंकका साथ नकआउटमा प्रवेश गरेको छ । उज्बेकिस्तानले पनि ४ अंक जोडेको छ । प्रतियोगितामा भारतले आफ्नो अन्तिम खेल सिरियासँग खेल्ने छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.