प्रधानमन्त्री कप क्रिकेट : सुदुरपश्चिमले गण्डकीलाई दियो २ सय २ रनको लक्ष्य
भैरहवा । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिमले गण्डकी प्रदेशलाई जितका लागि २ सय २ रनको लक्ष्य दिएको छ । भैरहवा स्थित सिद्धार्थ रंगशालामा टस हारेर ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित ५० ओभरको खेलमा अलआउट हुँदै २ सय १ रन बनायो ।
टोलीका लागि किरण ठगुनाले अर्धसतकीय पारी खेल्दै ७३ बलमा ६० रन बनाए । यस क्रममा उनले ५ चौंका प्रहार गरे । त्यस्तै नारायण जोशी (४६), शेर मल्ल (१९), राजु रिजाल (१६), टेक रावत (१५) नरेन साउद (१३) र मिलन बोहराले (९) रन बनाए ।
गण्डकीका लागि बलिङमा बिपिन खत्री र अंकित न्यौपानेले ३-३ विकेट लिए । कमल परियार अमृत गुरुङले २-२ सफलता हात पारे । २ सय २ रनको लक्ष्य पाएको गण्डकीले अब केही बेरमा ब्याटिङ गर्दैछ ।

टिप्पणी लेख्नुहोस्