प्रधानमन्त्री कप क्रिकेट : एपिएफले मधेशलाई दियो २ सय ४७ रनको लक्ष्य
काठमाडौँ । जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपिएफले मधेश प्रदेशलाई २ सय ४७ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको एपिएफले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउदै २ सय ४६ रन बनायो ।
टोलीका ओपनर आशिफ शेख र कप्तान रोहित पौडेलले अर्धसतकीय पारी खेले । आशिफले ६९ बलको सामना गर्ने क्रममा ५ चौंका र ३ छक्काको मद्दतमा ५९ रन प्रहार गरे । त्यस्तै रोहितले ७४ बलको सामना गर्ने क्रममा ५ चौंका र २ छक्काको मद्दतमा ५८ रन बनाए । सन्दीप जोरा (२०) रन बनाउदा अमर रौटेला ४९ रनमा अविजित रहे । ५७ बलको समाना गर्ने क्रममा रौटेलाले २ चौंका र ३ छक्का प्रहार गरे
मधेश प्रदेशका लागि बलिङमा रुपेश सिंह र प्रदिप पासवानले ३-३ विकेट लिए । त्यस्तै रंजित कुमारले २ तथा अरनिको यादवले १ विकेट लिए । २ सय ४७ रनको लक्ष्य पाएको मधेश प्रदेशले अब केही बरेमा ब्याटिङ गर्नेछ ।

टिप्पणी लेख्नुहोस्