प्रधानमन्त्री कप क्रिकेट : आर्मीले कोशीलाई ९ विकेटले हरायो, आलमले लिए ६ विकेट
काठमाडौंँ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई १० विकेटले पराजित गरेको छ । कोशीले दिएको ८९ रनको समान्य लक्ष्य आर्मीले ९.५ ओभरमा १ विकेट गुमाएर पुरा पुरा गर्यो ।
टोलीको जितमा ओपनर सन्तोष कार्कीले २७ बलमा अविजित ३२ रन बनाए । यस क्रममा उनले ६ चौंका र १ छक्का प्रहार गरे । त्यस्तै कुशल मल्लले पनि ७ बलमा २२ रनको अविजित पारी खेले । यस क्रममा उनले ४ चौंका र १ छक्का प्हार गरे । इमरान शेखले ३२ रन बनाए । कोशीका लागि एकमात्र विकेट सुजन थपलियाले लिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कोशी प्रदेशले २४.४ ओभरमा अल आउट हुदै ८८ रन बनाएको थियो । कोशीका लागि कप्तान अंकित सुबेदीले सर्बाधिक ४१ रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए ।
कोशीलाई कम रनमा अल आउट बनाउने क्रममा आर्मीका बलर शाहाब आलमले ६ विकेट लिएका थिए । आलमले ६.४ ओभरमा ३ मेडनसहित १४ रन दिएर ६ विकेट लिएका थिए । त्यस्तै कुशल मल्लले २ तथा सोमपाल कामी र विवेक यादवले एक एक विकेट लिएका थिए ।

टिप्पणी लेख्नुहोस्