लेख विवरण

यू-१९ विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाले टस जितेर ब्याटिङ गर्दै

यू-१९ विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाले टस जितेर ब्याटिङ गर्दै

काठमाडौं । आइसीसी यू-१९ विश्वकप आजदेखि शुरु हुदैँ छ । विश्वकपको पहिलो खेलमा दक्षिण अफ्रिकाले वेस्टइन्डिजविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।

दक्षिण अफ्रिकाको प्लेइङ ११ मा सिफो पोट्सेन, जुवान जेम्स (कप्तान), देवान मरइस, रोमाशन पिल्ले, डेभिड टिगर, ओलिभर व्हाइटहेड, रिचर्ड सेलेट्सवेन, नकोबानी मोकोइना, रिले नोर्टन, ल्हुआन डेरे प्रिटोरियस (विकेटकिपर) र क्वेना माफाका रहेका छन् । त्यस्तै वेस्टइन्डिजको प्लेइङ ११ मा स्टेफन पास्कल (कप्तान), मावेन्द्र दिण्ड्याल, इसाई थोर्ने, तारिक एडवर्ड, स्टीभ वेडरबर्न (विकेटकिपर), नाथन एडवर्ड, जोर्डन जोनसन, देसवान जेम्स, जोशुआ डोर्ने, एड्रियन वेयर र ज्वेल एन्ड्रयू रहेका छन् ।

दक्षिण अफ्रिकामा सुरु भएको यस विश्वकपमा नेपालसहित १६ देशले भाग लिदै छन् । विश्वकपमा नेपाल समूह डी मा रहेको छ । यस समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड रहेका छन् । नेपालले विश्वकपमा पहिलो खेल जनवरी २१ मा न्युजिल्यान्डसँग खेल्नेछ । यस्तै जनवरी २४ मा पाकिस्तानसँग र जनवरी २६ मा अफगानिस्तानसँग खेल्ने तालिका रहेको छ ।

विश्वकप खेल्ने नेपाली टोली : देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन कुमार झा, दिपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहरा ए, दिपक बोहरा बी, उत्तम थापा मगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द ।

यस विश्वकपमा १६ देशलाई चार समुहमा बिभाजन गरिएको छ । समुह चरणमा एक अर्कासंग खेलेपछि हरेक समुहबाट शिर्ष तीन टिम अर्को चरणमा प्रवेश गर्ने छन् । अर्को चरणमा पुग्ने १२ देशलाई दुई समुहमा विभाजन गरेर सुपर सिक्सका खेल खेल्ने छन् । सुपर सिक्समा एक टिमले केवल दुई खेल खेल्ने छ । अन्त्यमा दुवै समुहका शिर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् ।

यस विश्वकपको समुह ए मा अमेरिका, बंगलादेश, भारत र आयरल्याण्ड छन् भने समुह बी मा स्कटल्याण्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र इङल्याण्ड रहेका छन् ।

त्यस्तै समुह सी मा जिम्बाबे, नामिबिया, अस्ट्रेलिया र श्रीलंका रहेका छन् भने समुह डी मा पाकिस्तान, अफगानिस्तान, न्यूजील्याण्ड र नेपाल रहेका छन् ।

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.