लेख विवरण

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट : आशुतोषको शतकमा कोशीलाई २ सय ७४ रनको लक्ष्य

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट : आशुतोषको शतकमा कोशीलाई २ सय ७४ रनको लक्ष्य

काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमतीले कोशी प्रदेशलाई जितका लागि २ सय ७४ रनको लक्ष्य दिएको छ । टियु अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको बागमती ४८.३ ओभरमा अलआउट हुँदै २ सय ७३ रन बनायो । टोलीका लागि आशुतोष घिरोहियाले शतक प्रहार गरे । १ सय ११ बलको सामना गर्ने क्रममा आशुतोषले १६ चौंका र २ छक्काको मद्दतमा १ सय १८ रन बनाए । त्यस्तै कप्तान रित गौतम (४९), रविन जोशी (४३) र प्रतिक श्रेष्ठले (१९) रन बनाए ।

कोशीका लागि बलिङमा अभ्यास तिम्सिनाले सर्वाधिक ३ विकेट लिए । त्यस्तै हेमन्त राई र कमल खत्रीले समान २-२ विकेट लिए । फिर्दोस अंसारीले १ सफलता हात पारे । २ सय ७४ रनको लक्ष्य पाएको कोशी प्रदेशले अब केही बरेमा ब्याटिङ गर्नैछ ।

बागमती प्रदेशका आशुतोष घिरोहियाले जारी प्रधानमन्त्री कपमा बनाएको शतक यो उनको करियरकै पहिलो शतक हो । यो सँगै प्रतियोगितामा पाँचौं शतक बनेको छ । यस अघि नेपाल पुलिस क्लबका राशिद खान, त्रिभुवन आर्मी क्लबका बिनोद भण्डारी, एपीएफ क्लबका सन्दीप जोरा र कोशी प्रदेशका सुजन थपलियाले यस प्रतियोगितामा शतक बनाएका छन् ।
  


 

 
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट : आशुतोषको शतकमा कोशीलाई २ सय ७४ रनको लक्ष्य

बागमतीका लागि शतक प्रहार गरेका आशुतोष घिरोहिया ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.