तेस्रो टी–२० मा श्रीलङ्का ९ विकेटले विजयी, जिम्बाब्वे ८२ रनमा अलआउट
काठमाडौंँ । श्रीलंकाले तेस्रो टी–२० क्रिकेटमा जिम्बाब्वेलाई ९ विकेटले पराजित गरेको छ । कोलम्बोको आर प्रेमदासा स्टेडियममा पहिले ब्याटिङ गरेको जिम्बाब्वेले ८२ रन मात्र बनाउन सक्यो । श्रीलंकाका कप्तान वानिन्दु हसरंगाले ४ विकेट लिए । ८३ रनको लक्ष्य श्रीलंकाले १० दशमलव ५ ओभरमा एक विकेटको क्षतिमा पुरा गरेको थियो ।
तेस्रो टी–२० जितसँगै श्रीलंकाले टी–२० सिरिज पनि २–१ ले जितेको छ । सिरिजको दोस्रो खेल जिम्बावे र पहिलो खेल श्रीलंकाले जितेको थियो । एकदिवसीय सिरिज पनि श्रीलंका २–० ले आफ्नो नाममा गरेको थियो ।

टिप्पणी लेख्नुहोस्