लेख विवरण

यू-१९ विश्वकप क्रिकेट : आयरल्यान्डले अमेरिकालाई ७ विकेट हरायो

यू-१९ विश्वकप क्रिकेट : आयरल्यान्डले अमेरिकालाई ७ विकेट हरायो

काठमाडौंँ । आजदेखि शुरु भएको आइसीसी यू-१९ विश्वकपमा आयरल्यान्डले अमेरिकालाई ७ विकेटले पराजित गरेको छ । दक्षिण अफ्रिकाको ब्लोएमफोन्टिनमा अमेरिकाबाट पाएको १ सय ६ रनको लक्ष्य आयरल्यान्डले २२.५ ओभरमा ३ विकेट गुमाउदै पुरा गर्यो ।

आयरल्यान्डका लागि विकेटकिपर रायन हन्टरले ५० रनको अविजित पारी खेले । यस क्रममा उनले पाँच चौंका प्रहार गरे । त्यस्तै कियान हिल्टनले २३ रन बनाउदा कप्तान फिलिपस ले रक्सले २३ रनको अविजित पारी खेले ।

अमेरिकाका लागि बलिङमा आर्य गर्गले २ तथा खुश भलालाले १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको अमेरिकाले ४०.२ ओभरमा अलआउट हुँदै १ सय ५ रन बनाएको थियो । टोलीका लागि खुश भलालाले अविजित २२ रन बनाउदा पार्थ पटेल १३ र अमोघ अरेपल्लीले ११ रन बनाए । यस बाहेक अमेरिकाका अन्य खेलाडीहरुले दोहरो अंकमा रन बनाउन सकेनन् ।

आयरल्यान्डका लागि रुबेन विल्सन र ओलिभर रिलेले ३-३ विकेट लिए । जोन म्याकनलीले २ विकेट लिदा कार्सन म्याककुलोघ र स्कट म्याकबेथले एक एक सफलता हात पारे ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.