यू-१९ विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाको विजयी सुरुवात
काठमाडौंँ । आइसीसी यू-१९ पुरुष विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले विजयी सुरुवात गरेको छ । जित निकाल्ने क्रममा दक्षिण अफ्रिकाले वेस्टइन्डिजलाई ३१ रनले पराजित गर्यो । दक्षिण अफ्रिका दिएको २ सय ८६ रनको लक्ष्य पछ्याउने क्रममा वेस्टइन्डिजको टोली ४०.१ ओभरमा २ सय ५४ रन बनाउदै अलआउट भयो ।
दक्षिण अफ्रिकाका लागि क्वेना माफाकाले ९.१ ओभर बलिङ गर्दै १ मेडन सहित ३८ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । त्यस्तै रिले नोर्टनले ३ तथा डेभिड टिगरले १ विकेट लिए ।
लक्ष्य पछ्याएको वेस्टइन्डिजका विकेटकिपर ज्वेल एन्ड्रयूले ९६ बलमा १ सय ३० रनको सतकीय पारी खेलेपनि टोलीका अन्य खेलाडीहरु नचल्दा पराजय भोग्नु पर्यो । सतक प्रहार गर्ने क्रममा एन्ड्रयूले १४ चौंका र ३ छक्का प्रहार गरे । त्यस्तै नाथन सीली (३३), जोर्डन जोनसन (२१) र तारिक एडवर्डले (१३) रन बनाए । स्टीव वेडरबर्न र नाथन एडवर्डले समान १२-१२ रन बनाए ।
यसअघि टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै २ सय ८५ रन बनाएको थियो । टोलीका लागि दिवान मरैसले ६५ रनको अर्धसतकीय पारी खेले । त्यस्तै कप्तान जुआन जेम्स (४७), डेभिड टिगर (४४) र लुआन(ड्रे प्रिटोरियस (४०) रन बनाएका थिए । ओलिभर व्हाइटहेड (२६) र रिचर्ड सेलेट्सवेनले (१६) रन बनाए ।
वेस्टइन्डिजका लागि बलिङमा नाथन सीलीले ३ तथा नाथन एडवर्ड र देशावन जेम्सले समान २-२ विकेट लिए ।
आजै भएको अर्को खेलमा आयरल्यान्डले अमेरिकालाई ७ विकेटले पराजित गरेको छ ।
दक्षिण अफ्रिकामा सुरु भएको विश्वकपमा नेपालसहित १६ देशले सहभागिता छन् । विश्वकपमा नेपाल समूह डी मा रहेको छ । यस समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड रहेका छन् । नेपालले विश्वकपमा पहिलो खेल जनवरी २१ मा न्युजिल्यान्डसँग खेल्नेछ । यस्तै जनवरी २४ मा पाकिस्तानसँग र जनवरी २६ मा अफगानिस्तानसँग खेल्ने तालिका रहेको छ ।
विश्वकप खेल्ने नेपाली टोली : देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन कुमार झा, दिपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहरा ए, दिपक बोहरा बी, उत्तम थापा मगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द ।
यस विश्वकपमा १६ देशलाई चार समुहमा बिभाजन गरिएको छ । समुह चरणमा एक अर्कासंग खेलेपछि हरेक समुहबाट शिर्ष तीन टिम अर्को चरणमा प्रवेश गर्ने छन् । अर्को चरणमा पुग्ने १२ देशलाई दुई समुहमा विभाजन गरेर सुपर सिक्सका खेल खेल्ने छन् । सुपर सिक्समा एक टिमले केवल दुई खेल खेल्ने छ । अन्त्यमा दुवै समुहका शिर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् ।
यस विश्वकपको समुह ए मा अमेरिका, बंगलादेश, भारत र आयरल्याण्ड छन् भने समुह बी मा स्कटल्याण्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र इङल्याण्ड रहेका छन् ।
त्यस्तै समुह सी मा जिम्बाबे, नामिबिया, अस्ट्रेलिया र श्रीलंका रहेका छन् भने समुह डी मा पाकिस्तान, अफगानिस्तान, न्यूजील्याण्ड र नेपाल रहेका छन् ।

टिप्पणी लेख्नुहोस्