पहिलो टेस्टमा वेस्टइन्डिजविरुद्ध अस्ट्रेलिया १० विकेटले विजयी
काठमाडौँ । अस्ट्रेलियाले वेस्टइन्डिजविरुद्धको पहिलो टेस्ट १० विकेटले जितेको छ । टेस्टको तेस्रो दिन वेस्टइन्डिजले दिएको २६ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले कुनै विकेट नगुमाएर लक्ष्य पूरा गरेको थियो ।
यसअघि वेस्टइन्डिजले पहिलो इनिङस्मा १८८ रन बनाएको थियो भने अस्ट्रेलियाले पहिलो इनिङस्मा २८३ रन बनाएको थियो । यस खेलमा अस्ट्रेलियाले पहिलो इनिङस्मा ९५ रनको अग्रता बनाएको थियो ।
त्यसपछि वेस्ट इन्डिजले आफ्नो दोस्रो इनिङस्मा १२० रन मात्र बनाएपछि अस्ट्रेलियाले २६ रनको लक्ष्य पाएको थियो । यस खेलमा पहिलो इनिङस्मा ११८ रनको शतकीय पारी खेलेका अस्ट्रेलियाका ट्राभिस हेड प्लेयर अफ द म्याच बनेका छन् ।
यो जितपछि २ खेलको सिरिजमा अस्ट्रेलिया १-० ले अगाडी भएको छ । अब दोस्रो टेस्ट जनवरी २५ देखि शुरु हुने छ ।

टिप्पणी लेख्नुहोस्