प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट : कोशीविरुद्ध बागमतीका आशुतोषको शतक
काठमाडौँ । बागमती प्रदेशका आशुतोष घिरोहियाले जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा शतक प्रहार गरेका छन् ।
शुक्रबार जारी खेलमा आशुतोषले कोशी प्रदेशविरुद्ध शतक बनाएका हुन् । यो उनको क्यारियरको पहिलो शतक हो ।
यो यस प्रतियोगितामा बनेको पाँचौं शतक हो । यस अघि नेपाल पुलिस क्लबका राशिद खान, त्रिभुवन आर्मी क्लबका बिनोद भण्डारी, एपीएफ क्लबका सन्दीप जोरा र कोशी प्रदेशका सुजन थपलियाले यस प्रतियोगितामा शतक बनाएका छन् ।
यो समाचार तयार गरुन्जेल बागमतीले ४१ ओभरमा ४ विकेट गुमाएर २३९ रन बनाएको छ ।

टिप्पणी लेख्नुहोस्