लेख विवरण

एनआरएनएद्धारा नेपाल क्रिकेट संघलाई १० लाख सहयोग

एनआरएनएद्धारा नेपाल क्रिकेट संघलाई १० लाख सहयोग

काठमाडौंँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल क्रिकेट संघ (क्यान)लाई १० लाख रुपैयाँ सहयोग गरेको छ । टी–२० विश्वकपमा सहभागी नेपाली क्रिकेट खेलाडीहरुको लागि भन्दै एनआरएनएले नेपाल क्रिकेट संघ (क्यान) मार्फत् सहयोग गरेको हो ।

गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालयमा आज आयोजित एक विशेष समारोहकाबीच संघका अध्यक्ष डा. बद्री केसीले क्यानका सचिव पारस खड्कालाई सो सहयोग हस्तान्तरण गरे ।

कार्यक्रममा बोल्दै क्यानका सचिव पारस खड्काले एनआरएनएबाट सहयोग सुरुवात भएकोमा धन्यवाद दिए । उनले आफु देश विदेश क्रिकेट खेल्न जाँदा एनआरएनका धेरै साथिहरुसँग भेट भएको र त्यहि समयदेखीनै एनआरएनए नेपाली क्रिकेटसँग जोडिएको बताए । खड्काले अहिले नेपाली क्रिकेट विश्वकपमा पुग्दा धेरैको चाहना नेपाली क्रिकेटसँग जोडिन चाहेको बताए । यसमा एनआरएनएले पनि ठुलो पहल गरेको उनले बताए । यसका लागि क्यानले संस्थागत रुपमा एनआरएनसँग जोडिएर आगाडी बढने विश्वास व्यक्त गरे ।

एनआरएनका अध्यक्ष डा. बद्रि केसीले नेपाली क्रिकेट सँग सहकार्यको सुरुवात भइसकेको र निकट भविष्यमा विभिन्न कुराहरु आफहरु सहकार्य गर्दै अगाडी बढ्ने बताए । उनले एनआरएनएमा रहेका प्रतिभावान खेलाडीहरुलाई नेपालका खेलकुद संघहरुले नेपालबाट प्रतिनिधित्व गर्ने अवसर दिनुपर्ने बताए ।

कार्यक्रममा नेपाल क्रिकेट संघका सचिव पारस खड्का, महाप्रबन्धक उत्सव ढुंगाना, क्रिकेट म्यानेजर बिनोद दास र केन्द्रिय सदस्य सुदिप शर्माको उपस्थिती रहेको थियो । एनआरएनका तर्फबाट अध्यक्ष डा. बद्रि केसी लगायत पदाअधिकारीहरुको उपस्थिती रहेको थियो ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.