लेख विवरण

पाकिस्तानी क्रिकेटर शोएब मलिकले गरे तेस्रो विवाह

पाकिस्तानी क्रिकेटर शोएब मलिकले गरे तेस्रो विवाह

काठमाडौंँ । पाकिस्तान क्रिकेट टोलीका पूर्व कप्तान शोएब मलिकले तेस्रो विवाह गरेका छन् । ४१ वर्षीय शोएबले ३० वर्षीया पाकिस्तानी अभिनेत्री सना जावेदसँग विवाह गरेका छन् । शोएबले शनिबार सानासँगको फोटो सेयर गरेर यो जानकारी दिएका हुन् ।

शोएबको पहिलो विवाह आयशा सिद्दीकीसँग भएको थियो । उनीसँगको सम्बन्धविच्छेद पछि शोएबले सन् २०१० मा पूर्व भारतीय टेनिस खेलाडी सानिया मिर्जासँग विवाह गरेका थिए।

सानिया र शोएबको सम्बन्धविच्छेदको बारेमा अहिलेसम्म आधिकारिक जानकारी आएको छैन ।

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.