टाटाले फेरि किन्यो आईपीएलको टाइटल राइट्स, एक सिजनका लागि ५०० करोड तिर्ने
काठमाडौंँ । टाटा कम्पनीले फेरि एक पटक इन्डियन प्रिमियर लिग (आइपिएल) को टाइटल राइट्स किनेको छ । कम्पनीले २५ सय करोड भारुमा ५ वर्षको लागि यो अधिकार किनेको हो । अब आईपीएलको एक सिजनका लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई) ले शीर्ष प्रायोजकबाट ५ सय करोड भारतीय रुपैयाँ पाउनेछ।
यसअघि पनि आइपिएलको टाइटल राइट्स टाटासँग थियो । कम्पनीले सन् २०२२ मा ७३० करोड भारु तिरेर २०२३ सम्मका लागि राइट्स किनेको थियो ।
टाइटल राइट्सका लागि कम्पनीहरूले बीसीसीआईबाट टेन्डर खरीद गरि बोली लगाको थियो। यसमा आदित्य बिड़ला ग्रुपले २५०० करोडभारुको बोली लगाएको थियो । त्यसपछि बीसीसीआईले अघिल्लो प्रायोजक टाटालाई सोधेको थियो कि के उनीहरू पनि यति धेरै बोली लगाउन इच्छुक छन् ? टाटा ग्रुपले पनि २५०० करोडको बिड गरेको थियो र उनीहरूले प्रायोजन पाएका थिए ।
बीसीसीआईले एक महिनाअघि आईपीएलको टाइटल राइट बेच्न टेन्डर जारी गरेको थियो । अधिकार खरिद गर्न चाहने कम्पनीहरूले बीसीसीआईबाट ५ लाख रुपैयाँको टेन्डर कागजात खरिद गर्नुपर्ने थियो। जसको अन्तिम मिति ८ जनवरी थियो ।
यो वर्ष आइपिएलको १७ औं संस्करण हुँदैछ । रिपोर्टका अनुसार प्रतियोगिता मार्च २२ देखि सुरु हुन सक्छ, तर भारतमा लोकसभा चुनावको मिति सार्वजनिक नगरिएका कारण आइपिएल तालिकाको आधिकारिक घोषणा हुन सकेको छैन । यसअघि सन् २०२३ को मार्च ३१ देखि मे २८ सम्म प्रतियोगिता भएको थियो । त्यसपछि चेन्नई सुपर किंग्सले फाइनलमा गुजरात टाइटन्सलाई पराजित गर्दै उपाधि जितेको थियो ।

टिप्पणी लेख्नुहोस्