सेब र हिमश्मिलाई बास्केटबल उपाधि
काठमाडौं । सेब र हिमरश्मिले सातौं ओप्स खेलकुद महोत्सव अन्तर्गत बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । सेब ब्वाइज तथा हिमरश्मि गर्ल्समा च्याम्पियन बने ।
डाँडागाउँस्थित हिमरश्मिको कोर्टमा भएको ब्वाइज फाइनलमा सेबले एन्जल्स हार्टलाई ४७–२३ ले पराजित ग¥यो । सेबको जितमा विप्लव गुरुङले १८ अंक योगदान गरे ।
अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) द्वारा आयोजित प्रतियोगिताको गर्ल्सको रोमाञ्चक उपाधि भिडन्तमा खुशी अधिकारीको ६ अंक सहयोगमा हिमरश्मिले फेरिल्यान्डलाई १४–१० ले हरायो ।
हिमरश्मिले ८–० ले पछि परेको स्थितिलाई उल्ट्याउदै उपाधि जित्न सफल भएको हो । चौथो क्वाटरको कुनै समय खेल १०–१० को बराबरी स्थितिमा थियो । त्यसबेला सिर्जना तामाङले २ स्कोर गर्दै हिमरश्मिलाई १२–१० ले अग्रता दिलाइन् । सिर्जनापछि निमा तामाङले २ अंक जोड्दै हिमरश्मिका लागि उपाधि सुनिश्चित गरिन् । ब्वाइजमा १३ तथा गर्ल्समा ९ टिम सहभागी थिए ।

टिप्पणी लेख्नुहोस्