लेख विवरण

ब्याडमिन्टनमा हिमरश्मिको क्लिन स्विप

ब्याडमिन्टनमा हिमरश्मिको क्लिन स्विप

काठमाडौ । हिमरश्मिले सातौं ओप्स खेलकुद महोत्सवअन्तर्गत ब्याडमिन्टनको स्वर्णमा शनिबार क्लिन स्विप गरेको छ । तीन स्पर्धा समावेश ब्याडमिन्टनमा हिमरश्मिले तीनै स्वर्णमाथि कब्जा जमायो ।

मनमैजुस्थित जि ४ स्पोर्ट्स एकेडेमीमा भएको ब्वाइज सिंगल्स फाइनलमा सिद्धान्तराज लम्सालले कौशलका गगन घलेलाई २१–१३ र २१–१४ को सोझो सेटमा पराजित गरे । विभूतिका संविधान चौधरी र श्रृजना ज्ञान सागरका कल्याण तामाङ तेश्रो भए ।

गर्ल्स सिंगल्सको फाइनलमा उपासना बोहराले ज्ञान मन्दिरकी विविशा शाह ठकुरीलाई सीधा सेटमा २१–१ र २१–४ ले सहजै हराइन् । कौशलकी श्रृष्टि बुढाथोकी र पुष्पकुञ्जकी मनिका गुरुङ तेश्रो बने ।

मिक्स डबल्समा कुशल गौतम र प्रतिक्षा गौतमको जोडी विजेता बने । उक्त जोडीले फाइनलमा न्युटनका विवेक भण्डारी र फुरा मिङमा शेर्पाको जोडीमाथि २१–१२ र २१–१५ को जित दर्ता गरे । कौशलका विपल थापा र युनिशा मल्ल तथा ज्ञान मन्दिरका आयुब मोक्तान र तनुश्री ओलीको जोडीले तेश्रो स्थानमा रहे । विभिन्न ९ विद्यालयका ३६ खेलाडी सहभागी थिए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.