लेख विवरण

चौथो अन्तर्राष्ट्रिय स्क्राबल प्रतियोगिताको उपाधि अर्नवलाई

चौथो अन्तर्राष्ट्रिय स्क्राबल प्रतियोगिताको उपाधि अर्नवलाई

काठमाडौंँ । नेपालका अर्नव पाण्डेले चौथो अन्तर्राष्ट्रिय स्क्राबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । स्क्राबल क्लबको आयोजना तथा ब्राइट फ्युचर माविको सह–आयोजनामा भएको प्रतियोगिताको १५ औं चरणको खेलमा अनर्वले २६४३ अंक जोडे ।

नैकापस्थित ब्राइट फ्युचर माविमा भएको प्रतियोगितामा रजत र कांस्य पनि नेपाली खेलाडीले नै जिते । रुविन श्रेष्ठ ९१२ अंकसाथ दोश्रो तथा विनिता वर्मा ६९९ अंकसाथ तेश्रो भए । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ६ हजार र ४ हजार नगद पुरस्कार पाए ।

तीनदिने प्रतियोगितामा नेपाल, भारत, श्रीलंका र अमेरिकाका ३८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । साइड इभेन्टमा भने अमेरिकाका साम कान्तिमाथी पहिलो भए । उनले ७ चरणको खेलमा १४८५ अंक जोडे ।

विजेतालाई बागमती प्रदेशका सांसद् केशव पोखरेल, ब्राइट फ्युचरका निर्देशक मोहनकुमार कार्की, ब्राइट फ्युचरका प्रिन्सिपल दयाराम थापा, नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष प्रदीप जोशी र महासचिव राजकुमार कार्की, स्क्राबल क्लबका अध्यक्ष केशवप्रसाद पराजुलीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

 
चौथो अन्तर्राष्ट्रिय स्क्राबल प्रतियोगिताको उपाधि अर्नवलाई

स्क्राबल उपाधि विजेता अर्नव पाण्डे ट्रफीसाथ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.