यू-१९ विश्वकप क्रिकेटमा पाकिस्तान र इङल्याण्डको विजयी सुरुवात
काठमाडौंँ । आइसीसी पुरुष यू-१९ विश्वकप क्रिकेटमा पाकिस्तान र इङल्याण्डले विजयी सुरुवात गरेको छ । आज सम्पन्न प्रतियोगिताको चौंथो खेलमा इङल्याण्डले स्कटल्याण्डलाई ७ विकेटले पराजित गरेको छ । दक्षिण अफ्रिकाको पोचहेस्ट्रोममा स्कटल्याण्डले दिएको १ सय ७५ रनको लक्ष्य इङल्याण्डले २६.२ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो । टोलीका लागि कप्तान बेन मैकिनीले ६८ बलमा ८८ रनको अर्धसतकीय पारी खेले । यस क्रममा उनले १२ चौंका र ३ छक्का प्रहार गरे । त्यस्तै जेडन डेनली (४०) र नूह थीनले (२२) रन बनाए । ल्यूक बेंकेंस्टीन (११) र हमजा शेख (६) रनमा अविजित रहे ।
स्कटल्याण्डका लागि बलिङमा इब्राहिम फैसलले २ तथा आदि हेगड़ेले १ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको स्कटल्याण्डले ४९.२ ओभरमा अलआउट हुँदै १ सय ७४ रन बनाएको थियो । टोलीका लागि कप्तान ओवेन गोल्ड (४८), जेमी डंक (४०) लोगान ब्रिग्स (१८) र म्याकेन्जी जोन्सले (१३) रन बनाएका थिए ।
इङल्याण्डका लागि बलिङमा फरहान अहमद र लुक बेन्केनस्टाइनले ३-३ विकेट लिए । त्यस्तै सेबास्टियन मोर्गन, डोमिनिक केली र जेडन डेनलीले समान १-१ विकेट लिए ।
आजै भएको पाचौं खेलमा पाकिस्तानले अफगानिस्तानलाई १ सय ८१ रनले पराजित गरेको छ । इस्ट लन्डनमा सम्पन्न खेलमा २ सय ८५ रनको लक्ष्य पछ्याएको अफगानिस्तान २६.२ ओभरमा १ सय ३ रन बनाउदै अलआउट भयो । पाकिस्तानका लागि उबेद शाहले ४.२ ओभरमा २४ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । त्यस्तै मोहम्मद जिशानले ५ ओभरमा १ मेडन सहित १७ रन खर्चेर ३ विकेट लिए । अमिर हसन र अहमद हुसेनले समान १-१ विकेट लिए ।
अफगानिस्तानका लागि नुमान शाह (२६), हसन इसाखिल (१९) तथा सोहेल खान जुर्मती र रहिमुल्लाह जुर्मतीले समान २०-२० रन बनाए ।
यसअघि टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै २ सय ८४ रन बनाएको थियो । टोलीका लागि ओपनर शाहजैब खानले सतक प्रहार गरे । १ सय २६ बलको सामना गर्ने क्रममा शाहजैबले १ सय ६ रन बनाए । यस क्रममा उनले १० चौंका र ३ छक्का प्रहार गरे । त्यस्तै विकेटकिपर साद बेगले अर्धसतकीय पारी खेल्दै ५५ रन बनाए । उनले ३ चौंका र ४ छक्का प्रहार गरे । रियाज उल्लाह (४६), उबेद शाह (२२) र शमिल हुसेनले (१७) रन बनाए ।
अफगानिस्तानका लागि खलील अहमदले सर्वाधिक ४ विकेट लिए । बशीर अहमद २ तथा एम गजन्फर र नसीर खान मारुफखिलले १-१ विकेट लिए ।

टिप्पणी लेख्नुहोस्