लेख विवरण

ओप्स खेलकुद महोत्सव : हाइजम्पमा दीपेन्द्र र सुनिशालाई स्वर्ण

ओप्स खेलकुद महोत्सव : हाइजम्पमा दीपेन्द्र र सुनिशालाई स्वर्ण

काठमाडौंँ । लालीगुराँस नेसनल एकेडेमीका दीपेन्द्र गिरी र हिमरश्मिकी सुनिशा मिश्रले सातौं ओप्स खेलकुद महोत्सवअन्तर्गत एथलेटिक्सको हाइजम्पमा आइतबार स्वर्ण जितेका छन् । दीपेन्द्र ब्वाइज तथा सुनिशा गर्ल्समा पहिलो भएका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतिस्पर्धामा दीपेन्द्रले १.४५ मिटर जम्प गरे। हिमरश्मिका आदर्श थिङ र फेरिल्यान्डका मदन गडाइली संयुक्त रुपमा दोश्रो भए । सुनिशाले १.२१ मिटर जम्प गरिन् । कौशलकी सेमिनु तमाङ दोश्रो तथा फेरिल्यान्डकी कृतिका कटुवाल तेश्रो बने ।

अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) द्वारा आयोजित प्रतियोगिताको ब्वाइज १ सय मिटर दौडमा लालीगुराँसका सुदिप पाण्डे पहिलो भए । उनले १२.७२ सेकेन्डमा निर्धारित दूरी पूरा गरे । एन्जल्स हार्टका हिमसागर पुन मगर दोश्रो तथा हिमरश्मिका नवीन महत तेश्रो स्थानमा रहे । उक्त स्पर्धाको गर्ल्समा हिमरश्मिकी युनिशा पाठकले निर्धारित दूरी १५.५१ सेकेन्डमा पूरा गरी स्वर्ण जितिन् । कौशलकी सेमिनु तामाङले रजत तथा श्रृजना ज्ञान सागरकी ग्रिष्मा देवकोटाले कांस्य जिते ।

ब्वाइज ८ सय मिटर दौड २ मिनेट २४.३ सेकेन्डमा सकाएका लालीगुराँसका सुवास रावत शीर्ष स्थानमा रहे । विभूतिका अंकित श्रेष्ठ तथा न्यु एराका पेम्बा तामाङ क्रमशः दोश्रो र तेश्रो भए । सो स्पर्धाको गर्ल्समा लालीगुराँसकै रोशिका गोथेले स्वर्ण चुमिन् । रोशिकाले निर्धारित दूरी तय गर्न ३ मिनेट ०२.९ सेकेन्ड समय खर्चिन् । श्रृजना ज्ञान सागरकी अनुषा अम्गाईंले रजत तथा कौशलकी सुजश्री विष्टले कांस्य हात पारे ।

लङजम्पको ब्वाइजमा श्रृजना ज्ञान सागरका रविन तामाङ पहिलो भए । उनले ५.६० मिटर हाम्फाले । एन्जल्स हार्टका हिमसागर पुन दोश्रो तथा कौशलका सलिन बानियाँ तेश्रो भए । सोही स्पर्धाको गर्ल्समा हिमरश्मिकी ममता बराले पहिलो भइन् । ममताले ३.९३ मिटर जम्प गरिन् । ज्ञान मन्दिरकी रन्जिता अम्गाईं दोश्रो तथा फेरिल्यान्डकी अपेक्षा ढुंगाना तेश्रो बने । ब्वाइज सटपुटमा न्युटनका विशाल बरालले स्वर्ण जिते । उनले १०.४२ मिटर टाढा फाले । हिमरश्मिका ओमन घले दोश्रो तथा पुष्पकुञ्जका कस्मिर ओली तेश्रो स्थानमा रहे ।

रिलेको ४ गुणा ४ सय मिटरतर्फ ब्वाइज/गर्ल्स दुवैमा लालीगुराँसको टोलीले शीर्ष स्थान कब्जा ग¥यो । ब्वाइजमा कौशल दोश्रो तथा हिमरश्मि तेश्रो भए । गर्ल्समा हिमरश्मि दोश्रो तथा कौशल तेश्रो बने ।

ओप्स खेलकुद महोत्सव : हाइजम्पमा दीपेन्द्र र सुनिशालाई स्वर्ण

ओप्स खेलकुद महोत्सवअन्तर्गत एथलेटिक्सको हाइजम्पमा पहिलो भएकी हिमरश्मिकी सुनिशा मिश्र ।

ओप्स खेलकुद महोत्सव : हाइजम्पमा दीपेन्द्र र सुनिशालाई स्वर्ण

ओप्स खेलकुद महोत्सवअन्तर्गत एथलेटिक्सको लङजम्पमा पहिलो भएकी हिमरश्मिकी ममता बराल ।

ओप्स खेलकुद महोत्सव : हाइजम्पमा दीपेन्द्र र सुनिशालाई स्वर्ण

ओप्स खेलकुद महोत्सवअन्तर्गत एथलेटिक्सको हाइजम्पमा पहिलो भएका लालीगुराँसका दीपेन्द्र गिरी ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.