अर्जुनको ह्याट्रिकमा सेबको विजयी सुरुआत
काठमाडौंँ । सेबले सातौं ओप्स खेलकुद महोत्सवअन्तर्गत ब्वाइज फुटबलमा आइतबार विजयी सुरुआत गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सेबले अमृतलाई ४–० गोलले पराजित ग¥यो । सेबका अर्जुन राना मगरले ह्याट्रिक गरे भने विकास गुरुङले १ गोल थपे । जितसंगै सेब क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
अन्य खेलमा जित हात पार्दै पुष्पकुञ्ज, प्रगति र कौशल पनि क्वाटरफाइनलमा पुगे । पुष्पकुञ्जले न्युटनलाई १–० गोलले हरायो । पुष्पकुञ्जका रविन जिसीले निर्णायक गोल गरे ।
प्रगतिले श्रृजना ज्ञान सागरलाई २–० गोलले पाखा लगायो । प्रगतिका लागि दुवै गोल विशान्त पुटुवारले गरे । कौशलले विभूतिमाथि ४–० को सहज जित दर्ता ग¥यो । कौशलका अतित श्रेष्ठले २ तथा जितराम भुलले १ गोल गरे । एक गोल आत्माघाती थियो ।
प्रतियोगिताअन्तर्गत सोमबार ६ खेल हुने ओप्सका अध्यक्ष लोकेन्द्रबहादुर खड्काले जनाएका छन् । गर्ल्स फुटबल भने सम्पन्न भइसकेको छ । गर्ल्स फुटबलको उपाधि हिमरश्मिले जित्यो ।
प्रतियोगिताको शिक्षा विकास तथा समन्वय इकाइ, काठमाडौंका प्रमुख विचारीप्रसाद अधिकारीले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगिता बिहीबारदेखि सुरु भएपनि औपचारिक उद्घाटन भने आइतबार मात्र गरिएको हो ।
ओप्स खेलकुद महोत्सवको उद्घाटन गर्ने क्रममा बेलुन उडाइदै ।
ओप्स खेलकुद महोत्सवअन्तर्गत ब्वाइज फुटबल शुभारम्भ गराउने क्रममा रेफ्रीलाई बल हस्तान्तरण गरिदै ।
ओप्स खेलकुद महोत्सवको उद्घाटन अवसरमा भएको मार्च पास ।
ओप्स खेलकुद महोत्सवको उद्घाटन अवसरमा भएको मार्च पास ।
ओप्स खेलकुद महोत्सवको उद्घाटन अवसरमा भएको मार्च पास ।

टिप्पणी लेख्नुहोस्