पिएसजी फ्रेन्च कपको अन्तिम १६ मा पुग्दा एमबाप्पेले बनाए सर्वाधिक गोलको कीर्तिमान
काठमाडौंँ । फ्रेन्च सुपरस्टार केलियन एमबाप्पेले आफ्नो क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का लागि यो सिजन पनि उत्कृष्ट प्रदर्शन जारी राखेका छन् । फ्रेन्च कपमा पिएसजीले तेस्रो श्रेणीको क्लब ओर्लियन्सलाई ४–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ । यो जितमा एमबाप्पेले दुई गोल मात्र गरेनन्, बाँकी दुई गोलमा असिस्ट पनि गरे । यी दुई गोलसँगै एमबाप्पेले यो सिजन पिएसजीका लागि २६ खेलमा २८ गोल गरेका छन् । योसँगै उनले क्लबका लागि २ सय ४० गोलको कीर्तिमान बनाएका छन् । उनले उरुग्वेका एडिन्सन काभानीको क्लबका लागि गत सिजन सर्वाधिक गोल गर्ने कीर्तिमान तोडेका छन् ।
खेलको १६ औं मिनेटमा एमबाप्पेले रान्डेल कोलो मुआनीको पासमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि उनले ६२ औं मिनेटमा ह्यान्डबलका कारण पाएको पेनाल्टीमा गोल गरेका थिए । खेलको ७१ औं मिनेटमा उनले बायाँ फ्ल्यांकबाट गरेको क्रसमा गोन्कालो रामोसले गोल गरेका थिए । त्यसपछि ८८औं मिनेटमा सेनि मायुलुले एमबाप्पेको पासमा सहजै गोल गरेका थिए । ओर्लियन्सका लागि निकोलस सेन्ट रुफले ८६ औं मिनेटमा गोल गरे ।

टिप्पणी लेख्नुहोस्