लेख विवरण

सितोरियोको स्पोर्ट डाटा सन्चालन

सितोरियोको स्पोर्ट डाटा सन्चालन

काठमाडौंँ । नेपाल सितोरियो कराते संघले आफ्नो हेरक गतिबिधि चुस्त, दुरुस्त, पारदर्सिता सहित प्रत्येक सितोरियो करातेकर्मीबीच संघको सबै अफिशियल कार्यक्रम प्रत्यक्ष जानकारी गराउने उदेश्यले स्पोर्ट डाटा बेस र वेभ साईट सोमबारदेखि सन्चालनमा ल्याएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले उक्त स्पोर्ट डाटा बेस र वेभ साईटको औपचारिक एक कार्यक्रम विच उदघाटन गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङगले स्पोर्ट डाटा सन्चालन पछि सितोरियो करातेकर्मीले आफ्नो सबै डाटाहरु सहजै हेर्न सकिने भएको हुँदा उक्त कार्यको प्रशंसा गरे । सदस्य–सचिव घिसिङले अन्य संघले पनि यस्तो कार्यको थालनी गर्नुपर्नेमा जोड दिए ।

नेपाल सितोरियो कराते संघका अध्यक्ष दावा गुरुङले आगामी दिनमा स्पोर्ट डाटा सन्चालनले सितोरियो कराते मातहतमा रहेका देश भरिका डोजो÷क्लब÷विद्यालयका खेलाडी, प्रशिक्षकसहित सम्पुर्ण सितोरियो करातेकर्मीको डाटा संकलन गरिने बताउदै डाटा बेसले सबै खेलाडीहरुले आफ्नो प्रमाण पत्र र आफुले प्राप्त गरेका उपलब्धिहरु सक्कली हो वा होईन भनेर सजिलै हेर्न तथा जानकारी लिन सकिने बताए ।

नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले संसारको सूचना प्रविधिले फड्को मारिरहेको सन्दर्भमा यस डाटा बेस सन्चालनले सितोरियो करातेलाई ब्यवस्थित र सुदृढ गराउनमा बिशेष भुमिका निर्वाह गर्ने धारणा व्यक्त गरे । डाटा बेस उद्घाटन समारोहमा सिनियर कराते खेलाडी निर्मलकुमार शर्मालाई मानार्थ ५ औं डान प्रदान गरिएको थियो । पूर्व कराते खेलाडी शर्माले निशुल्क संघको वेभसाइट र स्पोर्ट डाटा बेस बनाइ दिएका हुन् । उनी प्राज्मा इन्फो टेकका निर्देशक हुन् ।

डाटा वेसको प्रभावकारिता वारे कराते प्रशिक्षक कुशल श्रेष्ठ र निर्मलकुमार शर्माले जानकारी गराएका थिए । नेपाल सितोरियो कराते संघको गत भदौमा निर्वाचन सम्पन्न पश्चात देशैभरि दिक्षान्त कार्यक्रम सञ्चालन भई ६ वटा प्रदेशमा सम्पन्न भईसकेको र यो डाटा बेससहित वेभसाईट सन्चालन बिशेष उपलब्धिको रुपमा लिएको नेपाल सितोरियो कराते संघका प्रवक्ता गजेन्द्रबहादुर खपाङगी ‘ईश्वर’ ले जानकारी गराए ।

कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष मजिन्द्र सिंह, उपाध्यक्षहरु मकेन्द्रबहादुर सिंह, कृष्ण गौतम, प्रेमलाल वम्जन, कार्यलय प्रमुख राजेन्द्रकुमार क्षेत्री, सितोरियो कराते संघका पदाधिकारीहरु, प्रशिक्षक खेलाडी तथा करातेकर्मीहरुको उपस्थिति रहेको थियो ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.