लेख विवरण

सातौं ओप्स खेलकुद महोत्सव : सुवास र युनिशालाई स्वर्ण

सातौं ओप्स खेलकुद महोत्सव : सुवास र युनिशालाई स्वर्ण

काठमाडौंँ । लालीगुराँस नेसनल एकेडेमीका सुवास रावत र हिमरश्मिकी युनिशा पाठकले सातौं ओप्स खेलकुद महोत्सवअन्तर्गत एथलेटिक्सको ४ सय मिटर दौडमा सोमबार स्वर्ण जितेका छन् । सुवास ब्वाइज तथा युनिशा गर्ल्समा पहिलो भएका हुन् ।

अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) द्वारा आयोजित प्रतियोगितामा सुवासले निर्धारित दूरी १ मिनेट ०१.५७ सेकेन्डमा पूरा गरे । कौशलका आशिष रावलले रजत तथा ज्ञान मन्दिरका सद्रिस सिम्खडाले कांस्य जिते । युनिशाले १ मिनेट १६.०९ सेकेन्ड समय निकालिन् । श्रृजना ज्ञान सागरकी रुस्मा अम्गाईंले रजत तथा विभूतिकी वर्षा श्रेष्ठले कांस्य हात पारे ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको २ सय मिटर दौडको ब्वाइजमा लालीगुराँसका सुदिप पाण्डे २६.०६ सेकेन्ड समयसाथ पहिलो भए । हिमरश्मिका नवीन महत दोश्रो तथा फेरिल्यान्ड मदन गडाइली तेश्रो बने । सो स्पर्धाको गर्ल्समा हिमरश्मिकी ममता बरालले स्वर्ण जितिन् । ममताले निर्धारित दूरी तय गर्न ३२.३६ सेकेन्ड समय खर्चिन् । कौशलकी सुजश्री विष्ट दोश्रो तथा फेरिल्यान्डकी अपेक्षा ढुंगाना तेश्रो स्थानमा रहे ।

ब्वाइजको त्रिजम्पमा लालीगुराँसका दीपेन्द्र गिरी पहिलो भए । उनले ११.१७ मिटर जम्प गरे । श्रृजना ज्ञान सागरका रविन तामाङ दोश्रो तथा एन्जल्स हार्टका हिमसागर पुन तेश्रो बने । उक्त स्पर्धाको गर्ल्समा ७.६४ मिटर जम्प गरेकी श्रृजना ज्ञान सागरकी ग्रिष्मा देवकोटा शीर्ष स्थानमा रहिन् । हिमरश्मिकी सुनिशा मिश्र दोश्रो तथा ज्ञान मन्दिरकी अनु बराम तेश्रो भए ।

ज्याभ्लिन थ्रोको ब्वाइजमा ज्ञान मन्दिरका ज्ञान मन्दिरका यारिश मगर पहिलो बने । उनले ३६.६० मिटर थ्रो गरे । फेरिल्यान्डका उत्सव गुरुङ दोश्रो र सेबका अर्जुन राना मगर तेश्रो भए । सो स्पर्धाको गर्ल्समा हिमरश्मिकी निग्सिका ओझा पहिलो भइन् । नसिकाले १३.२० मिटर टाढा फालिन् । कौशलकी आस्मा गुरुङ दोश्रो र न्युटनकी एन्जल तेश्रो भए । ४ गुणा १ मिटर रिलेको गर्ल्समा हिमरश्मि पहिलो, लालीगुराँस दोश्रो र फेरिल्यान्ड तेश्रो बने । उक्त स्पर्धाको ब्वाइजमा लालीगुराँस, हिमरश्मि र कौशल क्रमशः शीर्ष तीन स्थानमा रहे । योसंगै एथलेटिक्स खेल सम्पन्न भएको छ ।

 
सातौं ओप्स खेलकुद महोत्सव : सुवास र युनिशालाई स्वर्ण

ओप्स खेलकुद महोत्सवअन्तर्गत एथलेटिक्सको २ सय मिटर दौडमा पहिलो भएकी हिमरश्मिकी ममता बराल ।

सातौं ओप्स खेलकुद महोत्सव : सुवास र युनिशालाई स्वर्ण

ओप्स खेलकुद महोत्सवअन्तर्गत एथलेटिक्सको २ सय मिटर दौडमा पहिलो भएका लालीगुराँसका सुदिप पाण्डे ।

सातौं ओप्स खेलकुद महोत्सव : सुवास र युनिशालाई स्वर्ण

ओप्स खेलकुद महोत्सवअन्तर्गत एथलेटिक्सको ४ सय मिटर दौडमा पहिलो भएका लालीगुराँसका सुवास रावत ।

सातौं ओप्स खेलकुद महोत्सव : सुवास र युनिशालाई स्वर्ण

ओप्स खेलकुद महोत्सवअन्तर्गत एथलेटिक्सको ४ सय मिटर दौडमा पहिलो भएकी हिमरश्मिकी युनिशा पाठक ।

सातौं ओप्स खेलकुद महोत्सव : सुवास र युनिशालाई स्वर्ण

ओप्स खेलकुद महोत्सवअन्तर्गत ज्याभ्लिन थ्रोमा पहिलो भएकी हिमरश्मिकी हिमरश्मिकी नसिका ओझा ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.