लेख विवरण

मदिरा ओभरडोजका कारण म्याक्सवेलको स्वास्थ्य बिग्रिएपछि अस्पताल भर्ना

मदिरा ओभरडोजका कारण म्याक्सवेलको स्वास्थ्य बिग्रिएपछि अस्पताल भर्ना

काठमाडौंँ । अस्ट्रेलियाका स्टार अलराउन्डर ग्लेन म्याक्सवेल शुक्रबार राति एडिलेडको अस्पतालमा भर्ना भएका छन् । रिपोर्टका अनुसार उनले त्यो दिन एडिलेडमा रातभर पार्टी गरेका थिए र धेरै मदिरा सेवन गरेका थिए। त्यसपछि उनको स्वास्थ्य बिग्रिएपछि एम्बुलेन्सबाट अस्पताल लगिएको थियो । क्रिकेट अष्ट्रेलियाले यस विषयमा अनुसन्धान गरिरहेको छ ।

म्याक्सवेललाई सोमबार वेस्ट इन्डिजविरुद्धको एकदिवसीय सिरिजबाट विश्राम दिइएको छ । अष्ट्रेलियाको कप्तानीमा स्टिभ स्मिथको नेतृत्वमा फेब्रुअरी २ देखि ३ वटा एकदिवसीय सिरिज सुरु हुनेछ ।

डेली टेलिग्राफको रिपोर्ट अनुसार यो घटना त्यतिबेलाको हो, जब म्याक्सवेल ब्रेट लीको रक ब्यान्ड ुसिक्स एन्ड आउटु हेर्न आएका थिए। त्याहाँ एम्बुलेन्स बोलाइयो र म्याक्सवेललाई अस्पताल लगियो, यद्यपि उनी लामो समयसम्म अस्पतालमा बसेनन्।

सिरिजबाट विश्राम पाएका ग्लेन म्याक्सवेलको स्थानमा फ्रेजर मगार्चलाई एकदिवसीय टोलीमा मौका दिइएको छ । क्रिकेट अष्ट्रेलियाले म्याक्सवेललाई टी–२० विश्वकप र टी–२० सिरिजअघि कामको बोझ व्यवस्थापनलाई ध्यानमा राखेर विश्राम दिएको जनाएको छ । कंगारु टोलीले फेब्रुअरीमा वेस्ट इन्डिज र न्युजिल्याण्डसँगको टी–२० सिरिज पनि खेल्नेछ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.