लेख विवरण

स्पेनिस ला लिगा : रियल बेटिसमाथि बार्सिलोनाको सहज जित

स्पेनिस ला लिगा : रियल बेटिसमाथि बार्सिलोनाको सहज जित

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले रियल बेटिसलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले रियल बेटिसलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा फेरान टोरेजले ह्याट्रिक गरेका थिए भने जोआओ फेलिक्सले एक गोल गरेका थिए ।

त्यस्तै रियल बेटिसका लागि इस्कोले दुवै गोल गरेका थिए ।

यो जितपछि बार्सिलोनाले २० खेलमा ४४ अंक हासिल गरेको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै रियल बेटिस २१ खेलमा ३१ अंकसहित लिगमा नवौं स्थानमा रहेको छ ।
 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.