लेख विवरण

बुण्डेसलिगा : बायर्न म्युनिख वेरडेरसँग स्तब्ध

बुण्डेसलिगा : बायर्न म्युनिख वेरडेरसँग स्तब्ध

काठमाडौँ । जर्मन बुण्डेसलिगा अन्तर्गत बायर्न म्युनिख वेरडेरसँग स्तब्ध भएको छ ।

गएराती सम्पन्न खेलमा वेरडेरले बायर्न म्युनिखलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

वेरडेरको गोलमा खेलको ५९औं मिनेटमा मिचेल वाइजरले गरेको गोल नै खेलको निर्णयक गोल बनेको थियो ।

यो हारले बायर्न म्युनिख लिगमा शिर्ष स्थानमा रहेको लिभर कुसेनभन्दा ७ अंकले पछाडी परेको छ । एक खेल बढी खेलेको लिभरकुसेन १८ खेलमा ४८ अंकसहित शिर्ष स्थानमा छ भने बायर्न १७ खेलमा ४१ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

त्यसैगरी वेरडेरको भने १८ खेलमा २० अंक रहेको छ र लिगमा १३औं स्थानमा छ ।
 
 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.