लेख विवरण

मकवानपुर क्रिकेट संघको आयोजनामा विद्यालय स्तरीय टि–२० क्रिकेट प्रतियोगिता हुँदै

मकवानपुर क्रिकेट संघको आयोजनामा विद्यालय स्तरीय टि–२० क्रिकेट प्रतियोगिता हुँदै

हेटौडा । मकवानपुर क्रिकेट संघको आयोजनामा दोश्रो संस्करणको स्व. निरज श्रेष्ठ स्मृति विद्यालय स्तरीय टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । हेटौडाको हुप्रा चौरमा आयोजना हुने प्रतियोगिता माघ २० गतेबाट सञ्चालन हुने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

करिब ११ दिनसम्म चल्ने प्रतियोगितामा सामुदायिक र निजी गरी कुल १६ विद्यालयको सहभागिता रहने कार्यक्रम संयोजक संजोग पोखरेलले बताए । पोखरेलका अनुसार प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरु छनौट गरी अण्डर १६ टिम निर्माण गरी प्रशिक्षण गराईने भएको छ ।

प्रतियोगितामा कुल २७ खेल हुने र प्रथम तथा द्वितीय हुने टोलीलाई नगदसहित ट्रफी र मेडल प्रदान गरिने भएको छ । त्यसैगरी विधागत तर्फ उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र प्लेयर अफ दि सिरिजलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

लिग कम नकआउटको आधारमा हुने प्रतियोगिताको अनुमानित लागत ५ लाख ५० हजार रहेको मकवानपुर क्रिकेट संघका अध्यक्ष करण महत्राले बताए । पत्रकार सम्मेलनमा मकवानपुर क्रिकेट संघका अध्यक्ष करण महत्रा, सचिव बिनोद बानिया, कोषाध्यक्ष धिरज श्रेष्ठ, अम्पयार सुनिल बर्तौला लगायतको उपस्थिती रहेको थियो ।

प्रतियोगिताको पहिलो संस्करणको उपाधि भुटनदेवी माविले जितेको थियो ।

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.