लेख विवरण

यू–१९ विश्वकप : अष्ट्रेलियाविरुद्ध नामिबिया  र बंगलादेशसँग आयरल्याण्ड पराजित

यू–१९ विश्वकप : अष्ट्रेलियाविरुद्ध नामिबिया र बंगलादेशसँग आयरल्याण्ड पराजित

काठमाडौंँ । आइसिसी यू–१९ विश्वकप क्रिकेट २०२४ मा बंगलादेश र अष्ट्रेलियाले आ–आफ्नो खेल जितेका छन् । समूह 'ए' मा बंगलादेशले आयरल्याण्डलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ भने समूह 'सी' मा अस्ट्रेलियाले नामिबियालाई पराजित गरेको छ । पहिलो खेलमा बंगलादेशका मोहम्मद शिहाब जेम्स (५४ बलमा ५५* रन) र दोस्रो खेलमा अस्ट्रेलियाका क्यालम विडलर (१७ रन दिएर ४ विकेट) प्लेयर अफ द म्याच घोषित भए ।

ब्लोमफोन्टेनमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २३५ रन बनाएको थियो । बंगलादेशी बलरले आयरल्याण्डका अधिकांश ब्याट्सम्यानलाई ठूलो स्कोर बनाउन दिएनन् तर केन हिल्टनले टिमको तर्फबाट ठूलो इनिङस खेल्न सफल भए । उनले १ सय १३ बलमा ११ चौका र १ छक्काको मद्दतमा ९० रन बनाए । आयरल्याण्डका लागि ओपनर जोर्डन निलले ३१ र स्कट म्याकबेथले २७ रनको योगदान दिए । बंगलादेशका लागि शेख जिबोन र मारुफ मृधाले समान २–२ विकेट लिए ।

जवाफमा बंगलादेशले ४६.५ ओभरमा ४ विकेट गुमाएर २३९ रन बनाएको थियो । उसका लागि मोहम्मद शिहाब जेम्सले अविजित ५५ रन बनाए । अहरार अमिनले अविजित ४५ र आशिकुर रहमान शिब्लीले ४४ रनको योगदान दिए । आयरल्याण्डका लागि स्कट म्याकबेथले सर्वाधिक दुई विकेट लिए ।

किम्बर्लीमा भएको अर्को खेलमा अष्ट्रेलियाले टस जितेर पहिले बलिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको नामिबियाले ३३.१ ओभरमा अलआउट हुँदै ९१ रन मात्र बनाउन सक्यो । टोलीका लागि जाचियो भान वुरेनले २९ तथा कप्तान एलेक्जेन्डर वोल्स्चेन्कले २१ रन बनाए । अस्ट्रेलियाका लागि क्यालम विडलरले ४ तथा टम स्ट्रकरले ३ विकेट लिए । लक्ष्य पछ्याएको अस्ट्रेलियाले पनि संघर्ष गर्नुप¥यो र टिमले ६ विकेट गुमाएर ९५ रन बनायो । कप्तान हग वेइगेनले सर्वाधिक ३९ रनको पारी खेल्दै आफ्नो टोलीका लागि अन्तिमसम्म अविजित रहे ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.