लेख विवरण

बंगलादेशमा हुने बंगबन्धु म्याराथनमा सात खेलाडी

बंगलादेशमा हुने बंगबन्धु म्याराथनमा सात खेलाडी

काठमाडौं । बंगलादेशको ढाकामा हुने बंगबन्धु सेख मुजिब ढाका म्याराथनमा ७ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । ३ पुरुष र ४ महिला गरी ७ खेलाडीले म्याराथन (४२.१९५ किलोमिटर) मा प्रतिस्पर्धा गर्न लागेका हुन् । म्याराथन जनवरी २६ तारिखमा हुँदैछ ।

पुरुष खेलाडीमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता किरणसिंह बोगटी, खडगबहादुर खड्का र प्रकाशसिंह ऐर रहेका छन् । महिलामा पुष्पा भण्डारी, १३ औं सागकी स्वर्णधारी सन्तोषी श्रेष्ठ, विन्द्राधन्के श्रेष्ठ र सुमित्रा चौधरी छन् । ढाका म्याराथनको विगतका संस्करणमा पुष्पाले २ स्वर्ण र १ कांस्य तथा विन्द्राले १ कांस्य पदक जितेका छन् । प्रशिक्षकमा राकेश वज्राचार्य रहेका छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे । टोली बुधबार प्रस्थान गर्दै छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.