लेख विवरण

पिएम कप क्रिकेट : मधेश पुलिससँग पराजित

पिएम कप क्रिकेट : मधेश पुलिससँग पराजित

काठमाडौंँ । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा बिभागिय टोली नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई ६ विकटले पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा मधेशले दिएको ९७ रनको समान्य लक्ष्य पुलिसले १८.३ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । पुलिसका लागि सुनिल धमलाले सर्वाधिक २८ रन बनाए । त्यस्तै कुशल भुर्तेल (१९), अर्जुन साउद (७) र दिलीप नाथले (४) रन बनाए । आरिफ शेख (१६) र अमित श्रेष्ठ (१५) रनमा अविजित रहे ।

मधेशका लागि रंजीत कुमार र अरनिको यादवले समान २-२ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको मधेश प्रदेशले २४ ओभरमा अलआउट हुँदै ९६ रन बनाएको थियो । टोलीका लागि अरनिको यादव (२३), हरि शंकर साह (२२) र अभिषेक तिवारीले अविजित ११ रन बनाए ।

पुलिसका लागि बलिङमा सागर ढकालले ९ ओभरमा ४१ रन खर्चदै सर्वाधिक ५ विकेट लिए । त्यस्तै ललित राजबंशीले ४ तथा रशिद खानले १ विकेट लिए ।

जितसँगै नेपाल पुलिस क्लब अंक तालिकामा पहिलो स्थान र मधेश प्रदेश तेस्रो स्थानमा रहेको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.