लेख विवरण

अस्ट्रेलिया र उज्बेकिस्तान एशियन कपको दोस्रो चरणमा

अस्ट्रेलिया र उज्बेकिस्तान एशियन कपको दोस्रो चरणमा

काठमाडौँ । अस्ट्रेलिया र उज्बेकिस्तान जारी एशियन कपको दोस्रो चरणमा प्रवेश गरेका छन् ।

मंगलबार सम्पन्न खेलमा अस्ट्रेलिया र उज्बेकिस्तानबीचको खेल १-१ गोलको बराबरीमा सकिएसँगै समुह बी बाट पहिलो र दोस्रो हुदै नकआउट राउण्डमा पुगेका हुन् ।

यो खेलपछि अस्ट्रेलियाको ३ खेलमा ७ अंक भएको छ र भने उज्बेकिस्तानको ३ खेलमा ५ अंक रहेको छ ।

त्यस्तै हिजै सम्पन्न अर्को खेलमा सिरियाले भारतलाई १-० गोल अन्तरले पराजित गरेर समुहमा ३ खेलमा ४ अंक हासिल गर्दै तेस्रो स्थान हासिल गरेको छ । साथै सिरियाको पनि नकआउट चरणमा पुग्ने सम्भावना बलियो रहेको छ ।

समुहमा तेस्रो स्थानमा रहेका शिर्ष चार देशले नकआउट चरणमा प्रवेश पाउने हुनाले समुह चरणका खेलपछि यसको टुंगो लाग्ने छ ।

त्यस्तै यस समुहमा रहेको भारतले भने आफ्ना तिनै खेलमा हार बेहोरेर समुह चरणबाटै बाहिरिएको छ ।
 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.