लेख विवरण

खेलमैदान स्तरोन्नतिका लागि बजेट विनियोजन गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता

खेलमैदान स्तरोन्नतिका लागि बजेट विनियोजन गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता

बारा । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले मौवादेवी खेलमैदानको स्तरोन्नतिका लागि रु ५० लाख बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएका छन् ।

जितपुरसिमरा–१८ स्थित मौवादेवी युवा क्लबको खेलमैदानमा सुरु मनहर्वा गोल्डकप प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले मौवा खेलमैदान स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षको योजनामा समेटेर अघि बढ्ने प्रतिबद्धता गरे ।

मधेस प्रदेश सरकारका खेलकुदमन्त्री सुरिताकुमारी साहले प्रतियोगिताका लागि मन्त्रालयबाट रु चार लाख उपलव्ध गराउने बताइन । खेल र खेलाडीको विकास एवं स्तरवृद्धिका लागि प्रदेश सरकार पूर्णरूपमा अग्रसर भइरहेको उनको भनाइ थियो ।

माघ २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टिमको सहभागिता छ । प्रतियोगिताका विजेताले रु दुई लाख र उपविजेताले रु एक लाख नगद प्राप्त गर्नेछन् ।

प्रतियोगिताको पहिलो दिन आयोजक मौवादेवी युवा क्लबले नमस्ते युवा क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । जीतपुरसिमरा–१८ स्थित मौवादेवी खेलमैदानमा आज भएको उद्घाटन खेलमा नमस्ते युवा क्लब हरिवनलाई १–० ले पराजित गर्दै आयोजक अन्तिम चारमा प्रवेश गरेको हो ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.