आइशाको जोडी क्वाटरफाइनलमा
काठमाडौंँ । नेपालकी आइशा डोल्कर गुरुङ चीनकी सिन्टोङ जियाङको जोडी जे ६० काठमाडौं जुनियर वर्ल्ड ¥याङकिङ टेनिस प्रतियोगिताको सर्किट– १ अन्तर्गत गर्ल्स डबल्समा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
नेपाल टेनिस संघको आयोजनामा सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भइरहेको प्रतियोगितामा आइशा र सिन्टाङको जोडीले भारतकी धन्भी कले र नेपालकी जेनी खड्काको जोडीलाई ६–४ र ६–३ को सोझो सेटमा पराजित गरे । ब्वाइज डबल्समा अमेरिकाका आरभसम्राट हाडा र ताइपेईंका येन छुनको जोडीले भारतका तनुष घिल्दयाल र आश्रब्य मेहराको जोडीलाई सीधा सेटमा ६–३ र ६–४ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

टिप्पणी लेख्नुहोस्