लेख विवरण

सदस्य–सचिव घिसिङ र केदारबीच भेट

सदस्य–सचिव घिसिङ र केदारबीच भेट

काठमाडौंँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र एसियाली सेपाकताक्रो महासंघका अध्यक्ष दातो अब्दुल हलिम विन केदारबीच मंगलबार भेट भएको छ ।

भेटका अवसरमा अन्तर्राष्ट्रिय सेपाकताक्रो महासंघका महासचिव समेत रहेका केदारले नेपाल सेपाकताक्रो संघलाई नेपाल ओलम्पिक कमिटीमा आबद्धताका लागि पहल गरिदिन आग्रह गरे ।

सदस्य–सचिव घिसिङले नेपाल सेपाकताक्रो संघले सीमित श्रोत र सधानका बावजुद राम्रो काम गरिरहेको बताउदै ओलम्पिक कमिटीमा आबद्धताका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । केदार बुधबारदेखि त्रिरेश्वरस्थित राखेपको कभर्डहलमा हुने दक्षिण एसियाली सेपाकताक्रो प्रतियोगिताका लागि नेपालमा आएका हुन् ।

भेटका अवसरमा राखेपका सदस्य अञ्जन धमला, नेपाल सेपाकताक्रो संघका अध्यक्ष नेत्र गुरुङलगायतको उपस्थिति रहेको थियो ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.