लेख विवरण

विश्वविद्यालय खेलकुद : भलिबलको सेमिफाइनल समीकरण पूरा

विश्वविद्यालय खेलकुद : भलिबलको सेमिफाइनल समीकरण पूरा

काठमाडौंँ । प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत जावलाखेलस्थित राष्ट्रिय खेलकुद प्रशिक्षण केन्द्रमा जारी भलिबलमा सेमिफाइनल समीकरण पूरा भएको छ । कृषि तथा वन विश्वविद्यालयले टीयू तथा पोखराले मध्यपश्चिम विश्वविद्यालयसंग सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छन् । भलिबलमा पुरुषतर्फ मात्र प्रतिस्पर्धा भइरहेको छ ।

प्रतियोगिताको राखेपका उपाध्यक्ष एवं प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन कार्यदलका संयोजक शिव कोइरालाले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा राखेपका निमित्त सदस्य–सचिव प्रकाशकुमार कुसारी, सदस्य पेमा डोल्मा लामा, बिना श्रेष्ठ, दिपेन्द्र विष्टलगायतको उपस्थिति रहेको थियो ।

दुईदिने प्रतियोगितामा एथलेटिक्स, भलिबल, टेबलटेनिस र ब्याडमिन्टन गरी ४ खेल समावेश छन् । भलिबलमा छात्र टोली मात्र सहभागी छ । विभिन्न १० विश्वविद्यालयका २ सय ८० खेलाडीको सहभागिता रहेको प्रतियोगितामा २३ स्वर्णका लागि प्रतिस्पर्धा भइरहेको छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.